आन्दोलनरत शिक्षकका माग पूरा गर्न शिक्षा मन्त्रालयले थाल्यो अर्थ मन्त्रालयसँग छलफल

 संवाददाता    २०८१, ३० चैत्र आईतवार १४:५६     145 जनाले पढ़िसके



Spread the love

१२ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल सुरु गरेको छ।

शिक्षकका माग पूरा गर्न स्रोत व्यवस्थापनका विषयमा शिक्षामन्त्री विद्या भट्टराईले अर्थ मन्त्रालयसँग छलफल थालेकी हुन्।

यसअघि चैत २८ गते आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल भएको थियो।

छलफलका क्रममा शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघले २४ बुँदे पत्र मन्त्रालयमा बुझाएको थियो।

‘अर्थ मन्त्रालयसँगको छलफलपछि शिक्षक महासंघसँग छलफल हुन्छ’, मन्त्रालयका एक अधिकारीले भने।