कप्तान रोहित ७ रनमै आउट

 संवाददाता    २०८१, ३० चैत्र आईतवार १३:५४     106 जनाले पढ़िसके



Spread the love

चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतविरुद्ध खेलिरहेको नेपालले खराब लय कायमै राखेको छ। नेपालले पाँचौँ विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो। ८.३ ओभरमा नवीनराजको बलमा पौडेल आउट भएका हुन्। उनले १५ बल सामना गरेर मात्र ७ रन बनाउन सके।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङ थालेको नेपालले ९ ओभर सकिँदा ५ विकेट गुमाएको हो। ९ ओभरमा नेपालले ५७ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेल ७ बल खेल्दा ३ रनमै आउट भए। आसिफ शेखले ११ बलमा २१ रन जोडे। कुशल मल्ल पहिलो बलमै आउट भए। दीपेन्द्र सिंह ऐरीले पनि रनको खाता नै खोल्न सकेनन्।

अहिले सोमपाल कामी र बसिर अहमद क्रिजमा छन्। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेकटले पराजित गरेको थियो।