वैशाख महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्।
२० वटा वाणिज्य बैंकहरूमध्ये १६ वटाले पुरानै ब्याजदरलाई यथावत् राखेका हुन्।
अन्य ३ वाणिज्य बैंकहरूले भने चैतको तुलनामा ब्याज घटाउँदा एउटा बैंकले भने थोरैले बढाएको छ।
कर्जाको मागमा परिवर्तन नदेखिँदा गएको ५ महिनादेखि बैंकहरूले ब्याजदर स्थिरप्राय: बनाएका छन्।
बैंकहरूको आधारदर तल्लो सीमामा आइपुग्दा समेत कर्जा प्रवाहमा सुधार नदेखिँदा बैंकहरूले निक्षेप र कर्जा दुवैको ब्याज स्थिरमै राखेका हुन्।
कुमारी बैंक सानिमा बैंक र नेपाली बैंकले भने न्यून अंकले ब्याजदर घटाउँदा एभरेस्ट बैंकले बढाएको छ। यी बैंकहरूमा व्यक्तिगततर्फ क्रमश: ०.१, ०.९ र ०.३५ प्रतिशतले ब्याजले घटेको छ।
एभरेस्ट बैंकले भने चैतको तुलनामा ०.६१ प्रतिशतले ब्याज बढाएको छ। अन्य १६ वटा वाणिज्य बैंकहरूले भने चैतको ब्यादरलाई वैशाखमा पनि निरन्तरता दिने भएका छन्।