जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १५:४४     206 जनाले पढ़िसके



Spread the love

काठमाडौँको जडीबुटी प्रशोधन केन्द्रमा तोडफोडसँगै आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनमा तोडफोडमा उत्रिएका सिन्धुपाल्चोकका रञ्जित बस्नेत पक्राउ परेका हुन्।

हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले सीसीटिभी फुटेजबाट पहिचान गर्दै पक्राउ गरिरहेको छ।

बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय र उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोडसँगै आगजनी गर्ने कार्यमा संग्लग्न भएको आरोप छ।