नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ र धनगढी खेल्दै

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १०:४८     204 जनाले पढ़िसके



Spread the love

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाण्डौ रेजर्स र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

काठमाण्डौ ४ खेलमा एकमा जीत, एकमा हार र दुईमा बराबरी खेल्दै ५ अङ्कसहित तेस्रो स्थानमा छ । अहिलेसम्म २ खेल मात्र खेलेको धनगढी एकमा जीत र एकमा बराबरीसँगै चार अङ्कका साथ चौथो स्थानमा छ ।

हिजोको खेलमा एफसी चितवनलाई हराउँदै साबिक विजेता ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।