ट्रम्पले १०४ प्रतिशत कर लगाएपछि चीनको प्रतिक्रिया: चिनियाँ जनतालाई धम्की मन पर्दैन

 संवाददाता    २०८१, २६ चैत्र बुधबार १२:२६     268 जनाले पढ़िसके



Spread the love

अमेरिकाले आफ्ना सामानमा १०४ प्रतिशत कर (भन्सार शुल्क) लगाएपछि चीनको सरकारी मिडियाले कडा प्रतिक्रिया दिएको छ।

चीनको सरकारी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता ‘यु युआन तान तियान’ले यस विषयमा पोस्ट गरेको हो।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा लेखिएको पोस्टमा भनिएको छ, ‘हामी समस्या सिर्जना गर्दैनौँ, तर समस्याबाट डराउँदैनौँ। चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन।’

विज्ञप्तिमा चीनले अन्त्यसम्म लड्ने कुरा दोहोर्‍याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि उल्लेख गरिएको छ।

लेखिएको छ, ‘चीन न त कमजोर हुनेछ न त झुक्नेछ। विश्वलाई देखाउनेछौँ- हामी अन्तर्राष्ट्रिय व्यापारका नियम दृढतापूर्वक रक्षा गर्नेछौँ।’