काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा केही मानिस फसेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले प्लाजाको माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जानकारी दिए । डीएसपी खतिवडाले माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन नभएको बताएका छन् ।
इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।