सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १४:१२     165 जनाले पढ़िसके



Spread the love

बोआओ फोरमले मंगलबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी चार दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एसियाको जीडीपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसै गरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो ।