युवकको हत्या आरोपमा दुई जना पक्राउ

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १४:१०     79 जनाले पढ़िसके



Spread the love

भक्तपुरमा कुटपिट गरी पुरुषको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय लक्ष्मण खड्काको हत्या आरोपमा मङ्गलवार जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीन पाटन गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अनिश तामाङ रहेका छन् । जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद लिई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी ढुण्डिराज नेउपानेले बताए ।

मृतक खड्कालाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भक्तपुर लगिएकामा थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो ।