सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 संवाददाता    २०८१, १० चैत्र सोमबार १३:४९     172 जनाले पढ़िसके



Spread the love

सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत ४ देखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५’ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो ।

सातै प्रदेशमा रहेका शाखामार्फत विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशभर १३४ शाखा कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।