सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 संवाददाता    २०८१, ९ चैत्र आईतवार १२:३१     143 जनाले पढ़िसके



Spread the love

साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।