जुवा खेलिरहेको अवस्थामा नगद ४ लाखसहित १६ जना पक्राउ

 संवाददाता    २०८१, ९ चैत्र आईतवार १२:२२     78 जनाले पढ़िसके



Spread the love

नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रुपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।