सुन्दरीजलमा टिप्पर र बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 संवाददाता    २०८१, १ चैत्र शनिबार ११:२८     112 जनाले पढ़िसके



Spread the love

काठमाडौँको गोकर्णेश्वर गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ सुन्दरीजल स्थित बिपी चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिग्रिएको बा।१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा।५ ख ११६८ नम्बरको निशान टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा बा।५ ख ११६८ नम्बरको मोटरसाइकल चालक अनुज ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

टिप्पर चालक अशोक रोक्का र बोलेरो चालक ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–४ घर भएर सुन्दरीजल बस्ने ३९ वर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।