बलात्कार आरोपमा पर्वतबाट एक जना पक्राउ

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १६:२३     116 जनाले पढ़िसके



Spread the love

बलात्कारमा संलग्न आरोपमा प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ काफलचौरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजय विक छन् ।

उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिकाको परिवारले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।