काठमाण्डाै – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने घोषणा गर्नुभएको हो । नेपाल आर्थिक पत्रकार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उहाँले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रीजी बन्द भइसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गरेर नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनुभयो ।
उहाँले अहिले पनि झन्डै ३३ लाख सेट टूजी प्रविधि मात्रै चल्ने रहेकाले नयाँ प्रविधिलाई अघि बढाउन ती सेटहरू बाधक रहेको बताउनुभयो ।