नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबामा खो–खो लिग हुँदै

 संवाददाता    २०८१, २७ फाल्गुन मंगलवार १६:३४     202 जनाले पढ़िसके



Spread the love

नेपालमै पहिलो पटक बर्दियामा खो–खो लिग (ड्रिम खो–खो) २०८१ हुने भएको छ । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार नजिक नेपालको पहिलो खो–खो कभर्ड हल रानीपुरमा आउँदो चैत २३ देखि ३० गतेसम्म नेपालमै पहिलो पटक खो–खो लिग खेल हुन लागेको हो ।

खेलकुद परिषद लुम्बिनी प्रदेशको प्रवर्द्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवर्द्धन तथा लुम्बिनी प्रदेश खो–खो सङ्घको व्यवस्थापक र नेपाल खो–खो सङ्घको आयोजनामा नेपालमै पहिलो पटक नेपाल खो–खो लिग २०८१ हुने सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीलले जानकारी दिनुभयो ।

उहाँले खो–खो खेलको व्यवसायीक विकासका लागि लिग चरणको खेल जरुरी रहेको हुँदा खो–खो खेलको विकास गरी खेलाडीहरुलाई आकर्षित गर्ने र खेलाडीहरुको व्यवसायिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले नेपालमै लिग चरणको खेल आयोजना गरिएको बताउनुभयो ।

लिगमा ६ वटा पुरुष समूह सहभागिता हुने र महिलातर्फको प्रदर्शन खेल हुने आयोजकले जनाएको छ । खेल बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।