सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 संवाददाता    २०८१, २३ फाल्गुन शुक्रबार १२:०९     92 जनाले पढ़िसके



Spread the love

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

महासंघमा अनुसार बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।