बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार १४:५२     90 जनाले पढ़िसके



Spread the love

बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका– ८ चौरथली कालागाउ घर भएका ५१ वर्षीय पाल विष्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले मङ्गलवार घरबाटै पक्राउ परेका विष्टले इजाजत बिना नै घरमा बन्दुक राखेर सिकार गर्ने गरेको पाइएको छ।

पक्राउ परेका विष्टको साथबाट भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउन्ड गोली, २ थान घोरलको छाला, र २ थान रतुवाको छाला बरामद गरिएको हो।