खैरो हेरोइन किनबेच गरेको आरोपमा कलंकीबाट ४ जना पक्राउ

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार १०:३२     120 जनाले पढ़िसके



Spread the love

खैरो हेरोइन किनबेच गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौँको कलंकीबाट ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

पक्राउ पर्नेमा धादिङ घर भएका २२ वर्ष र २७ वर्षका युवा, नुवाकोट घर भएका २७ वर्षीय युवक र काठमाडौँ घर भएका ३७ वर्षका पुरुष छन् । उनीहरू सवार बा १५ च १७७३ नम्बरको क्रेटा गाडी र ८४५९ नम्बरको मोटरसाइकल पनि सशस्त्रले बरामद गरेको छ ।

दुईजना आरोपी क्रेटा गाडीमा र दुईजना मोटरसाइकलमा सवार थिए । सशस्त्र प्रहरीको इन्टेलीजेन्स ब्युरोले पक्राउ गरेर उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।