आफ्नै बुवा र दिदीको कुटपिटबाट पाल्पामा एक युवकको मृत्यु

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार १२:४५     58 जनाले पढ़िसके



Spread the love

पाल्पामा आफ्नै बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

आफन्तकै कुटपिटबाट बगनासकाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनलाई यही फागुन १५ गते ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले निर्घात कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिए।

‘घरायसी विवादमा उनीहरुले यज्ञबहादुरलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मल्लले भने, ‘बाबुछोराबीच छुट्टाभिन्न भइसकेको रहेछ। घरायसी विवादमा बुवा र दिदीले कुटपिट गर्दा उनको मृत्यु भएको देखिन्छ।’

बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्‍याएकी थिइन्। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा थिए। यज्ञबहादुरको हत्या आरोपमा बुवा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। उनीहरुलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।