ठेक्का लागेको ६ वर्षपछि एकतर्फी कालोपत्रे हुँदै नारायणगढ–बुटवल सडक

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार ११:०४     57 जनाले पढ़िसके

Spread the love

नारायणगढ–बुटवल सडकमा ठेक्का लागेको ६ वर्षपछि बल्ल एकतर्फी कालोपत्रे हुने भएको छ।

नेपालकै ‘लाइफ लाइन’ उक्त सडकमा दाउन्नेबाहेक एकतर्फी ‘पिच’ हुने भएको हो।

सडकअन्तर्गत सम्म भागमा कालोपत्रे भए पनि यात्रु र सवारीसाधनले सास्ती भोग्दै आएको दाउन्ने खण्ड भने असारसम्म बन्ने सम्भावना छैन।

करिब ६ महिना हराएको ठेकेदार प्रधानमन्त्रीले नै ठेक्का तोड्ने चेतावनी दिएपछि काममा फर्किएको छ। अहिले गैँडाकोट, बर्दघाट दुवै खण्डमा कालोपत्रे भइरहेको छ।

गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल ४९ किमि गरी दुई खण्ड छन्। सडक विभागले सडकलाई २ खण्ड बनाई ठेक्का लगाए पनि निर्माण कम्पनी एउटै छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पूरै अर्थात् ११४ किमि सडक विस्तारको ठेक्का पाएको थियो।

चिनियाँ कम्पनीले कोभिड महामारी र रकम अभावको कारण देखाउँदै ठेक्का लम्ब्याएको थियो। एसियाली विकास बैंकको वित्तीय सहायतामा निर्माण भइरहेकाले भुक्तानीको समस्या छैन।

सडक विभागका इन्जिनियरहरूका अनुसार कम अंकमा कबोल गरेको र समय लम्बिँदा खर्च व्यवस्थापन गर्न नसक्दा निर्माण सुस्त भएको बताउँछन्।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डकी आयोजना प्रमुख अनुक्षा घिमिरेले नारायणगढदेखि दाउन्नेसम्म २२ किमि कालोपत्रे बाँकी रहेको बताइन्। गैँडाकोटदेखि दाउन्नेसम्म ६४.२४ किमिमध्ये कम्तीमा ४३ किमि कालोपत्रेबाट यात्रा गर्न पाउनेछन्।

‘निर्माण कम्पनीले अहिलेजस्तै काम गर्दा चालू आर्थिक वर्षमा गैँडाकोटदेखि दाउन्नेसम्म कालोपत्रे सडकले जोडिन्छ’, योजना प्रमुख घिमिरेले भनिन्, ‘पहिला काम नै भएको थिएन। अहिले गति लिएको छ।’

उनले निर्माण कम्पनीले अहिलेकै रफ्तारमा काम गरे असारअघि नै अधिकांश सडक जोडिने बताइन्।

८ किमि सडक कालोपत्रे गर्न ‘बेसमेन्ट’ तयार भइसकेको छ। उक्त ठाउँमा अब कालोपत्रे गर्न मात्रै बाँकी छ।

गत पुस २६ गते ओभरलोड ट्रकका कारण नियी खोलाको पुल निर्माण हुँदै छ। नयाँ २५० मिटर लामो पुलको स्पानको ढलान भइसकेको छ। वर्षातअघि नै पुल निर्माण गरी सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ।

२०८१ चैतसम्म गैंडाकोट–दुम्कीबास खण्डमा एकातर्फी कालोपत्रे सम्पन्न हुनेछ। पूर्वी खण्डमा गैँडाकोट क्षेत्रमा कालोपत्रे भइरहेको छ।

भृकुटीकागज कारखाना, नगरपालिकाको कार्यालय, शाश्वत धाममा कालोपत्रे भइसक्दा करिब ५७ प्रतिशत भौतिक प्रगति भएको छ।

त्यसैगरी, नारायणघाट–बुटवल सडक योजना पश्चिम खण्ड योजना प्रमुख शशांक मिश्रले बुटवलदेखि बर्दघाटसम्म एक महिनाभित्रै कालोपत्रे भइसक्ने बताए।

‘बुटवलदेखि बर्दघाटसम्म अधिकांश ठाउँ कालोपत्रे भइसकेको छ। भुलही र बराह बजार बाँकी छ’, योजना प्रमुख मिश्रले भने, ‘मार्च महिनासम्म बुटवलदेखि बर्दघाटसम्म कालोपत्रेमै कुद्न सकिन्छ।’

दाउन्नेसम्म अधिकांश एकतर्फी सडक कालोपत्रे भइसक्ने उनले बताए। ७ किमि सडक कालोपत्रेका लागि बेसमेन्ट तयार भइसकेको छ।

वि.सं. २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेका थिए। सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७–७ मिटरको हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ।