केपी ओली कप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिडदै

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार १०:४५     73 जनाले पढ़िसके



Spread the love

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि दशरथ रंगशाला त्रिपुरेश्वरमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लब बेलुका छ बजे प्रतिस्पर्धा गर्न लागेका हुन । फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

आयोजक केपी एफसीलाई हराउदै मच्छिन्द्र फाइनलमा पुगेको हो । अर्को खेलमासङ्कटा क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।