सुरुङ खनेर एकैरात ५ घरमा चोरी

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार २०:२६     165 जनाले पढ़िसके



Spread the love

सर्लाहीको कौडेना गाउँपालिका–६, गएराति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो । पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन् । आफूहरु भित्र सुतिरहेका बेला सुरुङ खनेर चोरी भएको पीडितमध्येका राजदेव रायले बताएका छन् ।

 

सर्लाहीमा यसअघि माघ २९ गते बसबरिया गाउँपालिकाको धनगढा गाउँको एक घर र चार दिनअघि सदरमुकाम मलङ्गवाको जिविस चोकको एक घरमा पनि दिउँसै ताला फोडेर चोरी भएको थियो । जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटना बढ्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले सक्रौल गाउँमा एकैरात पाँच घरमा चोरी भएको घटनाका सम्वन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुुल्का उठाएर थप अनुसन्धान भइरहेको बताए ।

मलङ्गवाको जिविस चौकमा दिउँसै घरको ताल्चा फोडेर चोरी भएको घटनामा पनि शकाङ्स्पद व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिरहेको डिएसपी राईले बताएका छन् ।