इटालीका लेजेण्डरी गोलकिपर बुफोन नेपाल आइपुगे

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १३:४४     70 जनाले पढ़िसके



Spread the love

विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आइपुगेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

 

उनी आइतबार नेपाल आइपुगेको आयोजक राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीले बताए । केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुनेछ ।

उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।