पाँच दिनमा सुनको भाउ ३ हजार २ सय घट्यो

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १३:०५     80 जनाले पढ़िसके



Spread the love

पाँच दिनमा सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । यद्यपि अघिल्लो दिनको तुलनामा भने आज स्थिर छ ।

महासंघले आइतबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि १३ फागुनमा हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो ।

 

चाँदीको भाउ पनि आज स्थिर छ । प्रतितोला १९१५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।