रुपन्देहीमा एक युव‍कको हत्या, गोली लागेको आशंका

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार १०:५३     79 जनाले पढ़िसके



Spread the love

रुपन्देहीमा एक युवाको हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

 

मृतक घरमा एक्लै बस्ने गरेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी कार्कीले बताए ।