सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १२:३५     58 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – सुनको भाउमा आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।