सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार ११:०७     77 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।