रेनुका बनिन् च्याम्पियनसिपकै सर्वोत्कृष्ट खेलाडी

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १०:५२     74 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर रेनुका नगरकोटे घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्।

सर्वोत्कृष्ट खेलाडी बनेकी रेनुकाले ५० हजार रुपैयाँ प्राप्त गरिन्।

रेनुकाले यसअघि लिग चरणको अन्तिम खेलमा म्यानमार विरुद्ध कप्तानी गरेकी थिइन्। उनको कप्तानीमा नेपालले म्यानमारसँग २–२ गेलको बराबरी खेलेको थियो।बुधबार भएको फाइनलमा नेपाललाई २–० ले पराजित गर्दै म्यानमारले प्रतियोगिताको उपाधि जितेको छ।