सन्तोषजनक काम नगर्ने ११ निर्माण कम्पनीलाई सोधियो स्पष्टीकरण

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १०:४९     84 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक नगर्ने ११ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

ती निर्माण कम्पनीलाई अबको एक साताभित्र स्पष्टीकरण दिन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो।

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण कम्पनीलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको सूचनामा उल्लेख छ।

आगामी एक साताभित्रमा चित्तबुझ्दो स्पष्टीकरण नबुझाएमा ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ।

जनकपुरका शिवकुमार महतो सञ्चालक रहेको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सनलाई स्पष्टीकरण सोधिएको छ।

त्यसैगरि कार्लमाक्स श्रेष्ठ नेतृत्वको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँ नेतृत्वको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरे नेतृत्वको सूर्यविनायक कन्स्ट्रक्सन, श्याम कुमार श्रेष्ठ नेतृत्वको बीटी जयबाबा जेभी काठमाडौँ, तिलकबहादुर मल्ल नेतृत्वको आकांक्षा कन्स्ट्रक्सन काठमाडौँ र बिना बीसी नेतृत्वको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ।

हेर्नुहोस् सूचना