एकाएक फेसबुकमा समस्या

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार ०८:५२     107 जनाले पढ़िसके



Spread the love

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । कैयन् फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् ।

फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ ।

नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको समाचारहरुमा जनाइएको छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले थप जानकारी गराइसकेको छैन ।

यद्यपि फेसबुकको एप्समा भने सेवा निर्वाध रुपमा सञ्चालनमा छ ।

अपडेट : अवरुद्ध भएको केही समयपछि सेवा पुनः सञ्चालनमा आएको छ।