नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार

 संवाददाता    २०८१, १३ फाल्गुन मंगलवार १२:४४     88 जनाले पढ़िसके



Spread the love

चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकटदर तोकिएको छ।

अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेलका लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको तोकिएको हो।

लिगमा भीआईपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। त्यस्तै फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ।

च्याम्पियनसिपमा नेपालसहित, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन्।

समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए। बुधबार फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिए ३० मिनेट अतिरिक्त समय थपिनेछ। थप समयमा पनि बराबरी भएपछि बल्ल खेल ट्राइबरेकरमा धकेलिनेछ।