पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १४:११     69 जनाले पढ़िसके



Spread the love

हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दीपक कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।