जबरजस्ती करणी अभियोगमा पक्राउ

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १४:०८     70 जनाले पढ़िसके



Spread the love

२३ वर्षीया महिलालाई जबरजस्ती करणी अभियोगमा लिखु गाउँपालिका-५ बस्ने ५९ वर्षीय नेत्रबहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेत्रबहादुरले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।