नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा २ जना पक्राउ

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार ०८:४४     83 जनाले पढ़िसके



Spread the love

काठमाडौंको नागार्जुनमा घाइते कुकुरलाई तड्पाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूमा तीनजनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ ।

 

दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । प्रहरी हिरासतमा रहनेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका छन् ।

शुक्रबार नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटी लखेटी जालीले छोपेर तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 

क्रुरतापूर्वक कुकुर मारेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि यसको चौतर्फी आलोचना भएको थियो ।