मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल सुरु

 संवाददाता    २०८१, ११ फाल्गुन आईतवार १६:१६     64 जनाले पढ़िसके



Spread the love

दमक, फागुन ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भलिबल खेल ओझेलमा परेको बताउदै यसको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभयो । उहाँले यसका लागि कोशी प्रदेश सरकारले आवश्यक श्रोत साधन जुटाउन सहयोग गर्ने जनाउदै यस्तो बताउनुभएको हो ।

नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा आइतबारदेखि दमकको हिमालय माविको खेल मैदानमा शुरु भएको “मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८१” को उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । भलिबल खेल खेल्न ठूलो खेलमैदान समेत आवश्यक पर्दैन,’’ उहाँले भन्नुभयो ।

भलिबल तथा खेलकुदको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढ्न तयार रहेको बताउदै सरोकारवालाहरुले यसका लागि पहलकदमी लिनु पर्नेमा उहाँले जोड दिनुभयो । राम्रो योजनाका साथ आउनुहोस् हामी आवश्यक सहयोग गर्न तयार रहेका छौ, उहाँले भन्नुभयो ।

प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेश र कोशी प्रदेश र नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितालाई भलिबल सङ्घको ब्ययवस्थापन रहेको छ ।

आयोजक महासङ्घका कोशी प्रदेश अध्यक्ष राजकुमार थापाका अनुसार प्रतियोगितामा ७ वटा प्रदेशमध्ये कोशी, मधेश, बागमति, लुम्बिनी र सुदरपश्चिम प्रदेशका ५ वटा टिम सहभागि हुनेछन् । यसैगरी नेपाल शशस्त्र प्रहरी क्लब, नेपाल प्रहरी क्लब र नेपाल त्रिभुवन आर्मी क्लब गरेर ३ विभागिय टिम पनि प्रतियोगितामा भिड्दैछन् ।

प्रतियोगिताको मुख्य विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताकालागि कोशी प्रदेश सरकारले २० लाख रुपियाँ उपलब्ध गराउने बताईएको छ ।