नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्सले तीन खेलाडीलाई ‘रिटेन’ गरेको छ।
एनएसएलको नियमअनुसार काठमाडौंले क्याटगोरी ‘ए’बाट दिपेश गुरुङलाई ‘रिटेन’ गरेको हो।
यस्तै क्याटोगोरी ‘बी’बाट अभिषेक बराल र कुलदीप कार्कीलाई ‘रिटेन’ गरेको काठमाडौले जनाएको छ। एनएसएलका लागि क्लबहरुले मार्की खेलाडी घोषणा गरिरहेका छन्। एनएसएलको अक्सन भोलि शनिबार हुँदै छ।