नेपाल सुपर लिग : काठमाडौंले रिटेन गर्‍यो यी ३ खेलाडी

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार १४:०४     111 जनाले पढ़िसके



Spread the love

नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्सले तीन खेलाडीलाई ‘रिटेन’ गरेको छ।

एनएसएलको नियमअनुसार काठमाडौंले क्याटगोरी ‘ए’बाट दिपेश गुरुङलाई ‘रिटेन’ गरेको हो।

यस्तै क्याटोगोरी ‘बी’बाट अभिषेक बराल र कुलदीप कार्कीलाई ‘रिटेन’ गरेको काठमाडौले जनाएको छ। एनएसएलका लागि क्लबहरुले मार्की खेलाडी घोषणा गरिरहेका छन्। एनएसएलको अक्सन भोलि शनिबार हुँदै छ।