विश्वकप विजेता इटालीका गोलकिपर बुफोन केपी ओली कपको फाइनल हेर्न नेपाल आउने

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार १४:०७     73 जनाले पढ़िसके



Spread the love

विश्वकप विजेता इटालीका चर्चित गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबलको फाइनलमा बुफोन नेपाल आउन लागेका हुन् ।

केपी ओली कपको आयोजक नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने जानकारी दिनुभएको हो । यसअघि ब्राजिलका चर्चित खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टाे कार्लाेसलाई प्रस्ताव गरेकोमा समय नमिलेपछि अहिले इटालीका गोलकिपर बुफोनलाई नेपाल ल्याउन लागेको अध्यक्ष थेबेले बताउनुभयो ।

बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् । उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । बुफोनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन् ।

२ विदेशीसहित ९ वटा टोली सहभागी हुने केपी ओली कपको तेस्रो संस्करण पर्सि आइतवारदेखि शुरू हुँदैछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।