स्पेनमा हुने विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार १६:२४     104 जनाले पढ़िसके



Spread the love

स्पेनमा हुने विश्व तेस्रो माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ।

नेपाल एडभेन्चर रनिङ महासंघको आज बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको जानकारी दिएको हो। ९० भन्दा बढी देशले सहभागिता जनाउने च्याम्पियनसिपमा ५ विधामा स्पर्धा हुनेछ।

तर नेपालका ८ धावकले २ विधामा सहभागिता जनाउनेछन्। अन्य धावकका बारेमा भने मार्चको अन्तिममा मात्र सहभागिताको टुङ्गो लाग्नेछ।

नेपालका शीर्ष वरियताका ८ धावकले सहभागिता जनाउनेछन्। नेपालका वरियतामा शीर्ष ८ मा समान ३ महिला र पुरुष धावकले सहभागिता जनाउने अन्तर्राष्ट्रिय मामिला संयोजक प्रिति खत्रीले जानकारी दिईन्।

नेपालमा अहिले पुरुषतर्फ सुमन कुलुङ, साङ्गे शेर्पा, अर्जुन राई र मान कुमार रोका मगर शीर्ष ४ मा रहेका छन्। महिलातर्फ सुनमाया बुढा, प्रिया राई, राममाया बुढा र निर्मला राई शीर्ष चारमा रहनेछन्।

च्याम्पियनसिपमा नेपालका धावकहरुले सर्ट ट्रेल ४५ के र लङ ट्रेल ८२ के मा सहभागिता जनाउन सक्ने खत्रीले बताईन्।

च्याम्पियनसिपमा सहभागी हुने पुरुष खेलाडीलाई अष्ट्रियास्थित डा.सिग्रिड फाउण्डेसनले प्रायोजन गर्नेछ।

च्याम्पियनसिपमा सहभागी हुन प्रारम्भिक खर्च करिब ३७ सय यूरो (नेपाली ५५ लाख रुपैयाँ) खर्च लाग्ने अनुमान गरिएको महासंघका अध्यक्ष एकेन्द्र बहादुर कुवँरले जानकारी दिए।

च्याम्पियसिपका लागि नेपालले मार्च१ देखि २५ सम्म छनोट आयोजना गर्नेछ।

च्याम्पियनसिपमा नेपालका ८ धावकले स्पर्धा गर्नेछन्।