एमसीसीको भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगित

 संवाददाता    २०८१, ७ फाल्गुन बुधबार ११:१५     65 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगित भएको छ।

अर्थ मन्त्रालयले मंगलबार एमसीसीको भुक्तानी प्रक्रिया स्थगित भएको जानकारी गराएको हो। फागुन २ गते इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबिच सम्पन्न कमप्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेको आयोजना सम्बन्धि भुक्तानी ९० दिनको लागि स्थगित भएको जानकारी पाएको मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २० मा जारी गरेको आदेश अनुसार एमसीसी फन्डको भुक्तानी रोकिएको मन्त्रालयले प्रष्ट पारेको हो।