इन्दुको कप्तानीमा युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १५:२९     124 जनाले पढ़िसके



Spread the love

युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक महिला क्रिकेट टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण खेलका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि इन्दु बर्माको कप्तानीमा प्रारम्भिक टोली छनोट गरेको हो।

युगान्डा क्रिकेट संघको आयोजनामा फागुन २२ गतेदेखि चैत ४ गतेसम्म (मार्च ६ देखि १७) मैत्रीपूर्ण खेल हुदैछ।

नेपालको प्रारम्भिक टोली:

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा, सीमाना केसी