अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारको विजयी सुरुवात

 संवाददाता    २०८१, ५ फाल्गुन सोमबार १६:०१     105 जनाले पढ़िसके



Spread the love

लेवनानलाई पराजित गर्दै म्यानमारले काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानमारले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको हो।
जितसँगै म्यानमारले अंक तालिकामा ३ अंक जोडेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भए।

खेलको ७५ औँ मिनेटमा सान थ को गोलमा म्यानमारले ३–१ को अग्रता बनायो। त्यसअघि खेलको ७२ औँ मिनेटमा म्यानमारले अग्रता दोब्बर पारेको थियो। यु पेर खिनको लामो क्रसमा सवि यी ले हेडर गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।

खेलको ५७ औँ मिनेटमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो। मे थे मोनले दिएको पासलाई नियन्त्रणमा लिर्दै कप्तान विन थिङगी टुनले बललाई पोष्टको जाली चुमाएकी थिईन्।

तर म्यानमारले यो अग्रतालाई लामो समय जोगाउन सकेन। खेलको ६० औँ मिनेटमा लेवनानकी लायला स्कन्दरले बराबरी गोल फर्काइन्। उनले डिबक्स एरिया बाहिर गोलरक्षक अघि बढेको मौकामा डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै खाली पोष्टमा गोल गर्दै म्यानमारलाई खेलमा फर्काएकी थिईन्।

त्यसअघि खेलको ३५ औँ मिनेटमा लेवनानकी लायला स्कन्दरले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई किपर अघि बढेको मौकामा खाली पोष्टमा गरेको प्रहार पहिलो बारमा लाग्दै बाहिरिँदा अग्रता बनाउने सुन्दर मौका गुमायो।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले कीर्गिस्तानविरुद्ध खेल्नेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ।