पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले अर्थतन्त्रमा शिथिलता आएको बताउँदै जनताको चुलो महँगिएको बताए । यस्तै उनले पुँजीगत खर्च नभएको अवस्थामा समग्र अर्थतन्त्रहरू सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के–के छन् ? भनेर प्रश्न गरेका हुन् ।