त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १४:३३     110 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेकी हुन् ।

 

‘हजार रोपनी भन्दा बढी त्रिविको जग्गा छानबिन समितिको रिपोर्ट गायब भएको भन्ने के हो ? यसबारे संसद्‍मा सरकारले जवाफ दियोस्,’ उनले भनिन् ।

सरकारले त्रिविको जग्गाको प्रयोग विषयमा छानबिन समिति नै बनाएर अध्ययन गरेको छ ।

 

जग्गा खोजबिन समितिले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, सार्वजनिक नगरिएको भनेर माओवादी सांसद राईले सार्वजनिक गर्न माग गरेकी हुन् ।