रुपन्देहीकाे रोहिणी गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड

 संवाददाता    २०८१, २ फाल्गुन शुक्रबार ११:१०     67 जनाले पढ़िसके



Spread the love

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ ।

अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेका हुन् ।

अध्यक्ष यादवका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ । यसैगरी दायाँ साइडको सिसा फुटेको छ ।

रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ।