कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि

 संवाददाता    २०८१, २ फाल्गुन शुक्रबार ०७:१८     121 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ।

शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ।

बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।

परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ परीक्षातालिका:

12-exam-1739494428.jpg