आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

 संवाददाता    २०८१, ३० माघ बुधबार १०:५५     53 जनाले पढ़िसके



Spread the love

एजेन्सी । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बुधबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दैछन् ।

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजे देखि शुुरु हुनेछ । छ पटकको बिजेता पुलिस क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्ने प्रयासमा रहेको छ । चर्च ब्वाइज भने पुलिस क्लबलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउने प्रयासमा छ ।

पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको होे । उसले क्वार्टरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।