पाथीभरा केबलकार विवादमा अर्को आन्दोलन गर्ने चेतावनी

 संवाददाता    २०८१, २७ माघ आईतवार १४:३८     71 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा ‘मुक्कुमलुङ’ केबुलकार निर्माण सम्बन्धी विवाद समाधानका लागि सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ ।

यसअघि माघ २२ गते सरकार र आन्दोलनकारीबिच ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिएको हो ।

अन्तरदलीय ‘मुक्कुमलुङ’ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।

आजको वार्तामा केबलकार निर्माणमा रहेका समस्याका साथै स्थानीयलाई रोजगार दिन सकिने लगायतका विषयमा छलफल गर्न सकिने सरकारी टोलीबाट प्रस्ताव थियो ।

तर, आन्दोलनकारीको तर्फबाट त्यहाँ केबलकार नै बनाउन नहुने भन्दै यसबाहेकका विषयमा छलफल हुन नसक्ने भनेर हिँडेका थिए ।

यससँगै अहिलेको सरकारी समिति भङ्ग भएको भन्दै अब उच्च स्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलन हुने बताइएको छ ।