महिला टी–२०आई शृंखलामा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित

 संवाददाता    २०८१, २५ माघ शुक्रबार १५:३६     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राजधानीमा जारी महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ ।

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो ।

यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।