त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डलाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्।
उनले २९ बलमा एक चौकाको मद्दतमा उक्त रन बटुलेकी हुन्। बिन्दु रावलले ७, पूजा महतो ६, रुविना क्षेत्री १ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।
कविता जोशीले १४ रन बनाउँदा सीता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहिन्। एलिसा यादव पहिलो बलमै आउट भइन्।
थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिँदा सुलीपोर्न लाओमी, नटाया बुचाथाम र चानिदा सुथिरुअङ समान एक विकेट लिए।